काठमाडौं- कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हेलिकप्टर चार्टर्ड गरेर हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न पुगेका छन् ।
सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन् ।
गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्यास गर्न सर्केगाड पुगेको गाउँपालिका स्रोतले जनाएको छ । सर्केगाड मन्त्री रावलकै निर्वाचन क्षेत्र हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।