आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

'ओलीको प्रतिवेदन व्यक्तिवादी भयो, यसले पार्टी जोड्दैन'

'ओलीको प्रतिवेदन व्यक्तिवादी भयो, यसले पार्टी जोड्दैन'

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 6.5K
    SHARES

  • 'ओलीको प्रतिवेदन व्यक्तिवादी भयो, यसले पार्टी जोड्दैन'

     काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जवाफमा ल्याएको राजनीतिक प्रस्तावमा पुराना असान्दर्भिक र व्यक्तिगत प्रसंगहरु ल्याएको नेकपाका नेताहरुले बताएका छन्।

    पार्टीको कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ल्याएको १९–पृष्ठ लामो प्रतिवेदनमा प्रधानमन्त्री ओलीमाथि पार्टी तथा सरकार सञ्चालन राम्रोसँग नगरेको लगायत बिभिन्न आरोप लगाउँदै नेतृत्व छाड्न आग्रह गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा ३८–पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए।

    सो राजनीतिक प्रस्ताव औपचारिक रुपमा सचिवालयका सदस्य बाहेकका अन्य नेताहरुको हातमा नपुगिसकेको भएपनि सञ्चार माध्यमहरुमार्फत् पढेर उनीहरुले प्रतिक्रिया दिएका हुन्। कार्यकारी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालपक्षीय नेताहरुले ओलीको प्रतिवेदनबारे प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष ओलीको प्रतिवेदन सकारात्मक नभएको टिप्पणी गरेका हुन्। उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री ओलीको प्रतिवेदन रचनात्मक नदेखिएको टिप्पणी गरे।

    ‘प्रधानमन्त्रीले सचिवलायको बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव औपचारिक रुपमा त प्राप्त भइसकेको छैन। तर सञ्चारमाध्यमहरुमा आएको पूर्णपाठ पढ्दा त्यो रचनात्मक र सकारात्मक देखिदैन,’ पुनले भने, ‘यो प्रस्तावले पार्टीभित्रको अन्तरसंघर्षलाई निषेध गर्न खोजेको देखिन्छ।’ प्रचण्डको प्रस्तावमा सरकार तथा पार्टी सञ्चालन गर्दा प्रधानमन्त्री ओलीबाट विभिन्न गल्तीहरु भएको भन्दै उनले त्याग गरेर अहिले पार्टी तथा सरकारमा देखिएको संकटलाई निकास दिनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिएको छ।

    प्रधानमन्त्री ओलीले पनि प्रचण्डको भूमिकाको तीब्र आलोचना गरेका छन्। उनले पनि अहिलेको संकट आफ्नो कारणले नभई प्रचण्डको कारणले आएको दाबी गरेका छन्। मन्त्री पुनले सो प्रतिवेदनमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डमाथि टिप्पणी गर्दा नेकपा एमाले र माओवादीबीच एकीकरण भएपछिका प्रसंग लिनुको साटो तत्कालीन माओवादीको कार्यकालमा भएका विषयहरु कोट्याएको बताए।

    ‘प्रधानमन्त्रीले जुन विषयहरु उठाउनुभएको छ ती पार्टी एकीकरणपछिका प्रसंग होइनन्। १४ वर्षअघिको विषयहरु उठाइएको छ,’ पुनले भने, ‘त्यसैगरी उठाउँदै जाने हो भने त बयलगाढामा चढेर गणतन्त्रमा पुगिदैन भन्ने विषय पनि आउँछ।’ २०६२–६३ मा दलहरुले आन्दोलन गरिरहँदा ओलीले सो आन्दोलनबाट गणतन्त्र आउनु भनेको वयलगाढा चढी अमेरिका पुग्नु जस्तै हो भनेर आन्दोलनविरोधी अभिव्यक्ति दिएको भनी ओलीको आलोचना गर्ने गरिन्छ। ओलीले भने आफूले त्यसो भने पनि आफ्नो भनाइको मर्म आन्दोलनविरोधी नभएको बताउँछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०६:५०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend