बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोना भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन्।
उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए। ‘ती नियमहरुलाई हामीले राम्रोसँग पालना गरौँ र यदि सरकारले बनाएका ती नियम र विधिहरुलाई नमान्ने अवस्था आयो भने त्यसबाट हामी आगामी नयाँ वर्षको समयमा पुनः अर्को लकडाउन गर्न बाध्य हुने छौँ’, उनले भनेका छन्।
पत्रकार सम्मेलनमा उनले बिहीबार सो कुरा बताउनुभयो । उहाँले महामारी बढिरहेका बेला हाल नयाँ हिसाबले बेलायतको सरकारले नियमहरु बनाएकोले त्यसलाई पालना हुन नसकेको पनि सो अवसरमा बताउनुभयो ।
अहिलेको अवस्थामा नागरिकले नियमको पालना गरेनन् भने त्यसले आगामी दिनमा थप समस्या ल्याउने र यदि त्यस्तो अवस्था आउने देखियो भने नयाँ वर्षको अवसरमा देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुन सक्ने उनको भनाई थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।