काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले देशमा ठूलो योगदान दिएको बताएका छन् । ओलीले निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको भन्दै निजी क्षेत्रले सरकारको भन्दा धेरै काम गरेको प्रशंसा गरेका छन्।
ओलीले धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको समेत बताएका छन् । साधरणसभामा बोल्दै ओलीले ने, ‘पायोनियरका रुपमा निजी क्षेत्रले कामहरु सरकारले भन्दा राम्रो गरेको छ । नयाँ कारोबार क्षेत्र पत्ता लगाउने र त्यसलाई अघि बढाउने काम निजी क्षेत्रले गरेको छ ।’
निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको बताउँदै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘यहाँहरुलाई सफलता बनाउन सरकारले सहयोग गर्छ ।’
तर, सरकार धनको गरिब भए पनि मनको गरिब भने नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘उद्योगी व्यवसायी साथीहरुले कुरा उठाउनु भएको छ । कतिवटा देशले उद्योगको पुनरुत्थानका लागि धेरै पैसा दियो नेपाल सरकारले किन दिएन ? भन्ने कुराहरु उठेका छन्’ प्रधानमन्त्रीले भने, ‘यो सरकार मनको गरिब होइन, फाइनान्सियल अवस्था तपाईहरुलाई थाहा नै छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।