बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

माधव नेपालले दिए ओलीलाई दनक, एकता जोगिने एउटै विकल्पको घोषणा

माधव नेपालले दिए ओलीलाई दनक, एकता जोगिने एउटै विकल्पको घोषणा

  • मिडिया डबली
  • बुधवार, मंसिर १० २०७७

  • 14.4K
    SHARES

  • माधव नेपालले दिए ओलीलाई दनक, एकता जोगिने एउटै विकल्पको घोषणा

    वीरगञ्ज- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा आफु नै सर्वेसार्व हुँ भन्ने प्रवृति त्याग्नुपर्ने बताएका छन् । व्याक्तिगतरुपमा नाम नलिए पनि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै  आक्रामक अभिव्यक्ति दिएका छन् ।

    नेपाल निजामती कर्मचारी संगठन, पर्साको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा नेता नेपालले पार्टी सिस्टम र अनुशासनमा चल्नुपर्ने बताए । ‘पार्टीमा कोही महामहिम छैन’ भन्दै उनले भने ‘पार्टीमा म नै सर्वेसर्वा, अरु सबै पछुवा भन्ने भावनाबाट मुक्त भयौं भने, सबैको मानसम्मान राख्यौं भने, पार्टीको निर्णय मानेर गयो भने जति पनि विवाद समाधान हुन्छन् ।’

    यसका लागि ‘मलाई केही गर्‍यो भने यो गरिदिन्छु’, ‘कुर्सी ताक्यो भने कुर्सी नै उडाइदिन्छु’ भन्ने ध्वंसात्मक मानसिकताबाट मुक्त हुनुपर्ने उनले बताए ।

    तर अहिलेको विवादले पार्टी नफुट्ने नेता नेपालले बताए । ‘निराश नहुनुस् कमजोर जगमा उभिएको कम्युनिस्ट पार्टी होइन’ नेता नेपालले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend