काठमाडौं- मंसिर १३ गतेका लागि नेकपा सचिवालय बैठक बोलाइएको छ । यद्यपी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले पार्टीभित्र उग्र तनाब सिर्जना गरेको छ ।
कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव पेश गरेपछि विवाद झनै बढेको हो । प्रचण्डको प्रस्तावलाई टक्कर दिन अब बस्ने सचिवालय बैठकमा ओलीले पनि छुट्टै प्रस्ताव पेश गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने दाहालको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका छन् । ओलीविरुद्ध राजनीतिक प्रस्ताव पेश गरेर युद्ध छेडेका दाहालसहित वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने आक्रामक तयारीमा जुटेका छन् ।
उनीहरु अब कसरी अघि बढ्ने ? भन्नेबारे नियमित छलफल र भेटवार्तामा जुटेका छन् । प्रचण्ड नेपालक्षले ओली सहमतिमा नआएमा नेकपाका दुवै पद छोड्न लगाएर नेकपामा ओलीको अस्तित्व नै समाप्त गर्नेसम्मको रणनीति जुटाइरहेको स्रोतको दाबी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।