बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

अर्थमन्त्री पौडेललाई गृह जिल्लामै कालोझण्डा देखाइयो

अर्थमन्त्री पौडेललाई गृह जिल्लामै कालोझण्डा देखाइयो

  • मिडिया डबली
  • बुधवार, मंसिर १० २०७७

  • 5.4K
    SHARES

  • अर्थमन्त्री पौडेललाई गृह जिल्लामै कालोझण्डा देखाइयो

    काठमाडौं - अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललाई बुटवलमा कालोझण्डा देखाइएको छ। झण्डै एक वर्षपछि बुटवल पुगेको पौडेललाई नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाका नेता कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।

    गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शनसमेत गरेका हुन्। तिनाउ पुल नजिकै उनीहरूले अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाएका थिए।

    अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए। पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ। अर्थमन्त्री बनेको पौडेलको चुनावी नारा नै बुटवल प्रादेशीक राजधानी बनाउने भन्ने थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend