काठमाडौं- काठमाडौं महानगरपालिकाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले तत्कालीन राजा महेन्द्रको जीवनसंगिनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी आमा रत्नको ईतिहास मेटाउने किसिमले रत्नपार्कको नाम परिवर्तन गर्न खोजेको आरोप लागेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन माग गर्दै काठमाडौं महानगरलाई ज्ञापनपत्र समेत बुझाएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा मंगलबार रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै महानगरमा ज्ञापनपत्र बुझाइएको हो ।
काठमाडौं महानगरपालिकाले तत्कालीन राजा महेन्द्रको जीवनसंगिनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी आमा रत्नको ईतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ।
राष्ट्रिय विभूति शंखधर साख्वाः अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको बताइएको छ। शंखधर साख्वाःको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग रहेको छ। ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।