आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई लात्ता हानेर योगेश भट्टराई भागेपछि ...

केपी ओलीलाई लात्ता हानेर योगेश भट्टराई भागेपछि ...

  • मिडिया डबली
  • शनिवार, माघ ३ २०७७

  • 6.8K
    SHARES

  • केपी ओलीलाई लात्ता हानेर योगेश भट्टराई भागेपछि ...

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षमा लागेका पूर्व मन्त्री योगेश भट्टराईलाई बैगुनी केटाकेटीको संज्ञा दिएका छन् ।

    शनिवार नेकपा ओली पक्षको प्रदेश १ कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले पूर्व पर्यटनमन्त्री भट्टराईलाई बैगुनी भएको आरोप लगाए ।

    ‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनें । मन्त्री पनि बनाइयो । १ दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ !’ ओलीले भने ।

    योगेश भट्टराईले आफूलाई छाडेर हिँडे पनि युवाहरूको कमी नभएको ओलीले बताएका छन् । ‘हामी त्यस्तो कुरामा अल्झिँदैनौं,’ ओलीले भने, ‘एउटा केटोले छाडेर केही हुँदैन । युवाहरूको हामीलाई कुनै कमी छैन ।’ 

    नयाँ युवालाई समेटेर अघि बढ्ने र १ नम्बर प्रदेशले चुनावमा पनि १ नम्बर नै बन्नुपर्ने ओलीले बताएका छन् ।

    २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङको चुनावी सभामा ओलीले ‘तपाईंहरू योगेश भट्टराईलाई चुनाव जिताएर पठाउनु, मन्त्री बनाउने जिम्मा मेरो’ भनेर भाषण गरेका थिए । पछि ओलीले मन्त्री बनाए पनि प्रतिनिधिसभा विघटनको निर्णयप्रति आपत्ति जनाउँदै योगेश भट्टराईसहित प्रचण्ड–नेपाल पक्षका ७ जना मन्त्रीले गत पुस ५ गते सामूहिक राजीनामा दिएका थिए ।

    यतिबेला प्रचण्ड–नेपाल पक्षमा भट्टराई ओली विरुद्धको मार्चाको अग्रपंक्तिमा देखिएकाले ओलीले उनीप्रति कटाक्ष गरेका हुन् ।

    भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई कम्युनिस्ट तालमा हिँडाउन आफूले ३ वर्ष तालिम दिए पनि असफल भएको स्वीकार गरे ।

    प्रचण्डले पदमा पुग्नका लागि आफ्नै गुरुलाई समेत पार्टीबाट लखेट्ने गरेको आरोप समेत ओलीले लगाए । 

    ‘जस्केलाबाट छिरेर विभिन्न पदमा छिर्ने बानी परेका व्यक्तिले मोहन वैद्य, आफूलाई राजनीतिमा ल्याउने गुरूलाई लखेटेर कता पुर्‍याए ? एकपल्ट डा. बाबुराम भट्टराईलाई प्रयोग गर्नुसम्म गरे, उनलाई त्यतिखेर डा. लेखेको एउटा मान्छे चाहिएको थियो, त्यो पनि खास ठाउँको, खुब प्रयोग गरे । पछि विचरा डाक्टर न साक्टर अहिले त धोती–कुर्ता लगाएर हिँड्छन् डा. साप । मान्छे झुक्याउन त्यता जानुभएछ,’ ओलीले भने ।

    नेकपा अध्यक्ष प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने, ‘विप्लवलाई फेरि जंगलतिर लखेट्दिए, तैपनि म हारिनँ । मान्छे हो भालुलाई त मान्छेले तालिम दिएको छ, गाउँका आलाकाचा ठिटाहरू ९ महिना तालिम दिँदा सेना–प्रहरी भइसक्छन् । अलि समय खेलाएपछि सर्कसवाज हुन्छ । कम्युनिस्ट तालमा हिँड्न प्रचण्डलाई ३ वर्ष तालिम दिएँ, म बजाउँछु तबेला उ नाच्छ धामी जस्तो ।’

    ओलीले प्रचण्डको अध्यक्ष पद नखोसेको भन्दै पार्टीमा फर्किन आग्रह गरेका छन् । ओलीले प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सूर्य चिन्हमा दाबी गर्न नमिल्ने बताए । 

    ‘महासचिवले केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो, केहीलाई टाउको दुख्यो कि पेट दुख्यो कि किन आएनन् थाहा भएन, पछि थाहा भयो निर्वाचन आयोग पुगेका रहेछन्, असली पार्टी हामी हौं सूर्य चिन्ह हाम्रै हुनुपर्छ भनेर निर्वाचन आयोगमा । बरमझीयामा असली मै हुँ भन्ने यति सारो हुँदैन, त्योभन्दा हद नाघेर’ उनले भने, ‘सूर्य चिन्ह दाबी गर्न जाने को ? जो एकपटक पनि सूर्य चिन्हबाट चुनाव लडेको छैन । दर्ता गरेदेखि अहिलेसम्म त्यसै चिन्हबाट चुनाव लडेका छौं । को आधिकारिक भन्ने प्रस्ट छैन र ?’

    २०७४ असोज १४ गते प्रचण्डसँग एउटै चिन्हवाट चुनाव लडौं भन्ने सहमति भएको भएपनि प्रचण्ड त्यो सहमतिबाट पछि हटेको आरोप ओलीले लगाए । ‘सहमति नतोडेको भए कमसेकम एकपटक त सूर्यबाट चुनाव लडेको हुन्थ्यो । अहिले उहाँलाई सूर्य चिन्ह चाहियो । सूर्य चिन्ह चाहिन्छ भने पार्टीमा आउनुस् न !’ उनले भने ।

    ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्ने समूहले तर्क नभेटेपछि झूटको सहारा लिएको आरोप लगाए । ‘निर्वाचन हुनु हुँदैन, पुरानै संसद पुनर्स्थापना हुनुपर्छ भनेर सर्वोच्च जानुभएछ । कुनै तर्क छैन, झूटको सहारा लिएर बोल्न जानु हुन्छ । फलानो फलानो न्यायाधीश प्रधानमन्त्रीकोमा भेट्न गए, योभन्दा ठूलो बेइमानी के हुन्छ ? न्याय प्रणालीमाथि यो गम्भीर प्रहार हो, योभन्दा घिनलाग्दो कुरा के हुन्छ ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend