कैलाली- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र भयंकर आन्तरिक विवाद चलिरहेका बेला ‘राजा आऊ, देश बचाऊ’भन्दै प्रदर्शन सुरु भएको छ ।
बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हिन्दु राष्ट्र पुनःस्थापना तथा राजतन्त्र स्थापनको माग गर्दै सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले बृहत् मोटरसाइकल र्यालीको आयोजना गरेको थियो ।
अधिकांश कम्युनिष्ट र कांग्रेसका कार्यकर्ता सहभागी प्रदर्शनमा ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो शान, प्राण भन्दा प्यारो छ’ भन्दै धनगढीबाट निस्केको भीड अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएको थियो।
हिन्दु राष्ट्र पुनःस्थापना, संघीयता खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित प्रदर्शन गरिएको आयोजकले बताएको छ। अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले यसविरुद्ध प्रदर्शन गरिएको समाजका संयोजक रवीन्द्र कार्कीले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।