स्याङ्जा- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्यालले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेकी छन् ।
“पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ”, चापाकोटमा राधादामोदर माविको चार कोठे भवनको आज उद्घाटन गर्दै उनले भनिन्, “फुटको स्वाद लिएर आएका पार्टी फुट्दैनन् ।”
मन्त्री अर्यालले बाहिर आए जस्तै पार्टीमा ठूलो समस्या छैन । कार्यशैलीगत एजेण्डा छलफलबाटै मिल्छ भन्दै जीवन्त तथा गतिशील पार्टीमा यस्ता छलफल स्वभाविक भएकाले आआफ्नो काम कर्तव्यमा केन्द्रित भएर लाग्न सबैमा आग्रह गरिन् ।
शैक्षिक गुणस्तर वृद्धि गर्न सकिएन भने विकास सम्भव नहुने बताउँदै उनले सूचना र प्रविधिको युगमा विद्यालयको भौतिक संरचना, वातावरण, शैक्षिक सामग्री, शिक्षकलाई समेत सोहीअनुसारका तालिम दिएर अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।