आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिहारमा मतगणना सुरु, मोदी–नितिशलाई तेजश्वी टिमको कडा टक्कर

बिहारमा मतगणना सुरु, मोदी–नितिशलाई तेजश्वी टिमको कडा टक्कर

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 5.5K
    SHARES

  • बिहारमा मतगणना सुरु, मोदी–नितिशलाई तेजश्वी टिमको कडा टक्कर

    काठमाडौं - भारतको बिहार विधानसभाको मतगणना आज बिहान ८ बजेदेखि सुरु भएको छ । निर्वाचनआयोगद्वारा बिहारका ३८ जिल्लामा ५५ मतगणना भइरहेको छ ।

    भारतीय जनता पार्टी, राष्ट्रिय जनता दल, जनता दल युनाइटेड, लोक जनशक्ति पार्टीमध्ये कुन गठबन्धनले बहुमत सीट ल्याउला भन्ने सर्वत्र चासो बढेको छ ।

    एग्जिट पोलहरुले जनता दल युनाइटेडलाई बिहार विधानसभा निर्वाचनमा ठूलो धक्का लाग्ने अनुमान गरेका छन् । यदि त्यसो भएमा नितिश कुमार चौथोपटक बिहारको मुख्यमन्त्री बन्न नसक्ने अनुमान गर्न छ ।

    पूर्व उपमुख्यमन्त्री तेजश्वी यादव मुख्यमन्त्री बन्न एग्जिट पोलहरुको अनुमान छ । सुरुवाती रुझानमा एनडीएलाई महागठबन्धनले कडा टक्कर दिइरहेको छ ।

    केही जिल्लामा आरजेडीले अग्रता हासिल गरेको छ भने केहीमा बीजेपीको सर्मथन रहेको जनता दल युनाइटेड अघि छ । बिहार विधानसभाको कुल सीट २४३ मध्ये जेडीयुले ११६ र आरजेडीले १२० सीटसम्म ल्याउन सक्ने टाइम्स सीभोटर्सको सर्भेले देखाएको छ ।

    बिहारमा बहुमतका लागि १२२ सीट आवश्यक पर्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend