काठमाडौं - गोरखाको बारपाकमा नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन्। गोरखा क्षेत्र नम्बर २(ख) अन्तरगतको बारपाक सुलिकोट गाउँपालिका २ मान्द्रेमा जनतासँग भेटघाट कार्यक्रम गरी कांग्रेसका यूवा नेता तथा गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले झण्डै २ सय नेकपाका कार्यकर्तालाई कांग्रेसमा स्वागत गरेका हुन्।
‘कोरानाको कारणले केही महिना पछि गउँघर पुगेर जनताको पिरमर्का बुझ्ने प्रयत्न गर्दैछु,’ सांसद दवाडीले भने, ‘आजको कार्यक्रममा बारपाक सुलिकोट, बारपाक वार्ड २ को मान्द्रे, दुम्सीका, पोखरी, स्नान, अलगाउँ, थलिडॉंडा लगायत गाउँबाट र बारपाक वार्ड १ बाट गरि १६० जना भन्दा बढी स्थानीय युवाहरू नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
उनिहरूलाई नेपाली कांग्रेसमा स्वागत गर्दै बिकास निर्माण लगायतका कार्यमा सहयोग गर्दै संगै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्दछु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।