आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एम्बुलेन्स खरिद अभियानमा कांग्रेस सांसद दवाडीले गरे ५१ हजार १११ रुपैयाँ सहयोग

एम्बुलेन्स खरिद अभियानमा कांग्रेस सांसद दवाडीले गरे ५१ हजार १११ रुपैयाँ सहयोग

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 12.4K
    SHARES

  • एम्बुलेन्स खरिद अभियानमा कांग्रेस सांसद दवाडीले गरे ५१ हजार १११ रुपैयाँ सहयोग

     काठमाडौं -  समृद्ध ताकु युवा समाजको एम्बुलेन्स खरिद अभियानका लागि गोरखा क्षेत्र नम्बर २ (ख) का सांसद प्रकाशचन्द्र दवाडीले ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

    जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्रका कयौँ ठाउँमा सहयोग गरेका सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिकास्थित समृद्ध ताकु युवा समाजको एम्बुलेन्स खरिद अभियानमा सहयोग गरेका हुन्।

    वर्षाैँदेखि ‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाइँरुकै टेवाका लागि’ भन्ने अभियानका साथ समाजसेवासँगै राजनीतिमा सफल उनले बोल्ने भन्दा पनि आफू कर्ममा विश्वास गर्ने व्यक्ति भएको बताउँछन्।

    ‘राजनीति पेशा बनाएर जनतालाई सधैँ झुट र लुटतन्त्र नगर्न मेरो सबैलाई आग्रह छ,’ सांसद दवाडीले भने, ‘समाज सेवा मेरो पहिलो काम हो विरोध गर्नेको मुख थुक्ने काम म काम मार्फत नै सक्षम छु बोलेर हैन। म जनप्रतिनिधि भएकोले मेरो निर्वाचन क्षेत्रका हरेक जनताको पिडामा मल्हम लगाउन हरदम तयार छु।’

    उनले आफू समाजसेवामै सधैँ तल्लिन भएर लाग्ने र लागिरहेको पनि बताए। समृद्ध ताकु युवा समाजले एम्बुलेन्स खरिद अभियानमा सहयोग गर्न चाहनेले समृद्ध ताकु युवा समाजकै ग्लोबल आइएमई बैंक बनस्थली खरिबोट शाखामा रहेको खाता नम्बर मा जम्मा गर्न सकिने जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ५ २०८२०३:१२:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend