काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै देशको नामफेर्ने विषयमा कुरा गरेका छन् । उनले देशको नाममा विशेषण जोडनुपर्ने कुरालाई उदृत गर्दै यसो गर्न संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘मुलुकको शासन प्रणालीलाई नाममा रिफ्लेक्ट गर्न हुन्छ की हुँदैन। हुँदैहुँदैन भन्ने पनि होइन। गर्न पनि सकिन्छ कतिपय मुलुकले गरेका छन्। त्यसो गर्ने हो भने हामी संविधानमै जानुपर्ने हुन्छ। संविधान संशोधन गरेर नेपालको नाम नै संघीय लोकतान्त्रिक गणतन्त्र राखौं भन्दा छलफल गर्न नसकिने होइन। तर अहिले त हामीले संविधानमा जे व्यवस्था छ नेपालको नाम नेपाल भएको हुनाले आधिकारीक पत्राचार नेपाल भनेर गर्ने यतिमात्रै विषय नेपाल सरकारको निर्णयको सार यत्ति मात्रै हो।’
मुलुकले स्थापित गरेको साशन प्रणालीलाई बदल्ने अथवा कायम राख्ने भने कुरासँग बहस गर्न जरुरी नरहेको पनि मन्त्री ज्ञवालीले बताएका छन्। संविधान निर्माण गर्दा नै देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल राख्ने भन्ने सोच भएको भए संविधानमा नै उल्लेख भइसकेको हुने पनि उनले भने।
उनले भने, ‘आज हाम्रो छलफल मुलुकमा कस्तो साशन प्रणाली ल्याउने मुलुकले स्थापित गरेको साशन प्रणालीलाई बदल्ने की कायम राख्ने भन्ने कुरासँग हुँदै होइन। यसलाई जवरजस्ति जोड्ने गल्ति नगरौं। त्यो गर्न जरुरी छैन। हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नाम राख्ने भनेर सोच राखेका हुन्थ्यौं भने हाम्रो यो संविधानमै राख्थ्यौं नी हामीले। यहाँ हामीले नेपालको संविधान लेख्यौं। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान लेखेनौं। नेपालको झण्डा लोख्यौं, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको झण्डा लेखेनौं, नेपाल सरकार लेख्यौं संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सरकार लेखेनौं। अर्थात नेपालको नामको बारेमा गएको शान्ति प्रक्रियाका विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि संविधान जारी हुँदासम्मको १०र११ वर्षको आवधिमा कहिल्यैपनि त्यसमा कुनै प्रश्न उठेन।’
त्यसैले संविधानमा नै व्यवस्था नभएको विषयमा नेपालको नामको पछाडी विशेषण जोड्नु पर्ने आवश्यकता नरहेको पनि उहाँले बताए। उनले भने ‘आजको छलफल नेपाललाई के भन्नेरु त्यसमा विशेषण राख्ने की नराख्नेरु विशेषण राख्ने आवश्यकता संविधानले महसुस गरेन।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।