आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चीनलाई झड्का, बंगालको खाडीमा सुरु भयो क्वाडको सैन्य अभ्यास

चीनलाई झड्का, बंगालको खाडीमा सुरु भयो क्वाडको सैन्य अभ्यास

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 5.2K
    SHARES

  • चीनलाई झड्का, बंगालको खाडीमा सुरु भयो क्वाडको सैन्य अभ्यास

    भारत, अमेरिका, जापान र अस्ट्रेलियाले संयुक्त रुपमा बंगालको खाडीमा मालाबार संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन्। सन् १९९२ मा भारत र अमेरिकाको सहभागितामा सुरु भएको यो अभ्यासमा यसपटक १३ वर्षपछि अस्ट्रेलिया पनि सहभागी भएको छ।

    चीनको विस्तारवादलाई तक्मा दिनका लागि गठन भएको क्वाडले अहिले सैन्य अभ्यास थालेको हो । यसले चीनलाई केही हदसम्म भएपनि तनाब दिने संकेत गरिएको छ ।

    गत महिना क्वाड मुलुकका विदेशमन्त्रीहरुको टोकियोमा भएको बैठकमा अस्ट्रेलियालाई सहभागी हुन अन्य मुलुकले निमन्त्रण दिएका थिए।

    यसवर्षको अभ्यास पन्डुब्बी जहाजको आक्रमण र हवाई आक्रमणविरुद्धको तयारीमा केन्द्रित हुने जनाइएको छ। अभ्यासको पहिलो चरण बंगालको खाडीमा ६ नोभेम्बरसम्म समाप्त हुनेछ। नोभेम्बर १७ देखि अरब सागरमा सुरु हुने दोस्रो चरण २० नोभेम्बरसम्म चल्नेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २५ २०७७०३:०५:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend