इस्लामावाद - पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।
पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्रीहरु बहिष्कार गर्ने विषयमा संसदमा बोलिरहेका थिए । विदेशमन्त्री बोल्दै गर्दा सांसदहरुले सुरुमा बलुचिस्तानका विषयमा नाराबाजी गरेका थिए ।
सांसदहरुले नाराबाजी गरे पनि सभामुखले भने सांसदहरुलाई शान्त भएर विदेशमन्त्रीको कुरा सुन्न आग्रह गरेका थिए । त्यसपछि सांसदहरुले मोदी-मोदी भन्दै नाराबाजी गरेका हुन् ।
सांसदहरुले मोदीको नाम लिँदै नाराबाजी जारी राखेपछि विदेशमन्त्रीले आक्रोशित हुँदै प्रश्न गरे, "सभामुख महोदय, पाकिस्तानका संस्थानहरुलाई विवादित कसले बनाइरहेको छ ? हिन्दूस्तानको बोलि को बोलिरहेको छ ? पाकिस्तानको हितलाई नोक्सान कसले गरिरहेको छ ? बलुचिस्तानमा उभिएर यिनको प्लेटफर्मबाट बुलिस्तान स्वतन्त्रताको माग हुनु लज्जाजनक विषय हो ।"
उनले थपे, "आज मलाई भन्न दिनूस् कि नरेन्द्र मोदीको बोलि बुलुचिस्तानका सांसदहरु बोलिरहेका छन् । पाकिस्तानको संसदमा उभिएर कसको एजेण्डा बोलिरहेका छन् । कसलाई खुसी पार्न सांसदहरुले यस्तो गरिरहेका छन् ।"
प्रधानमन्त्री इमरान खान उपस्थित हुने भनिएको संसदमा विदेशमन्त्री उपस्थित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।