काठमाडौँ- स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्इक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ । दुई नेताबीच झण्डै सवा दुई घण्टा लामो छलफल भएको छ ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरे । बालुवाटारनिकट स्रोतका अनुसार भेटमा ओलीले आफूसँग मिलेर जान नेपाललाई प्रस्ताव गरेका छन् । उनले दाहालनिवास खुमलटार धाउनुभन्दा आफूसँग मिलेर जाँदा राम्रो हुने प्रस्ताव राखेको स्रोतको भनाइ छ ।
नेपालनिकट नेताहरुका अनुसार ओलीले मिलेर जाऔँ भने पनि ओलीको तर्फबाट ठोस प्रस्ताव आएको छैन ।
नेकपाभित्र शक्ति संघर्षमा दाहाल र नेपाल एकै ठाउँमा देखिएपछि ओली र नेपालबीच दुरी बढेको थियो । पछिल्लोपटक मन्त्रिपरिषद् हेरफेर र राजदूत नियुक्तिमा पनि नेपालको असन्तुष्टि छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।