बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीले प्रचण्डलाई भने बालुवाटार आउँदिन : पाँच दिनसम्म बोलचाल बन्द !

ओलीले प्रचण्डलाई भने बालुवाटार आउँदिन : पाँच दिनसम्म बोलचाल बन्द !

  • मिडिया डबली
  • सोमवार, कार्तिक ३ २०७७

  • 4.5K
    SHARES

  • ओलीले प्रचण्डलाई भने बालुवाटार आउँदिन : पाँच दिनसम्म बोलचाल बन्द !

     काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच पछिल्लो ६ दिनदेखि भेटघाट नै बन्द भएको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी तथा प्रचण्डसँगै पनि मन्त्रिपरिषद पुनर्गठनको विषयमा लामो छलफल गरे।

    छलफल निष्कर्षमा नपुग्दै ओलीले एकलौटी ढंगले मन्त्रिपरिषद पूनर्गठन गरेपछि विवाद बढेको हो। गत असोज २८ गते ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। असोज ६ को सचिवालय बैठकले दुई अध्यक्ष र महासचिवलाई पार्टी एकताको बाँकी काम असोजभित्रै टुंग्याउने गरी मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो । उक्त म्याद गुज्रिसकेको छ। ओली र प्रचण्डबीच भेटघाट त परको कुरा टेलिफोन संवाद पनि भएको छैन।

    पाचौँ दिनको दिन शनिबार कर्णाली प्रदेशको विषयलाई लिएर छोटो समय टेलिफोन कुराकानी भएपनि कुनै निष्कर्ष निकालेको छैन। प्रचण्डले ओलीलाई आफू बालुवाटार नआउने पनि बताइदिए। झण्डै फुटको मुखमा पुगेको नेकपालाई आगामी चैतमा महाधिवेशन सक्नेगरी सहमति अघि बढाए पनि फेरी पुरानै रोग देखा परेको हो। त्यसका लागि मन्त्रिपरिषद् पुनर्गठनलाई प्राथमिकतामा राखेर ओली–प्रचण्ड बीच छलफल बाक्लिएको थियो । तर, मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले प्रचण्डको सहमति नलिएपछि भेटवार्ता ठप्पै भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend