काठमाडौं - कैलालीको घोडाघोडी नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको छ। एकै पार्टीका उम्मेदवार बनेर चुनाव जितेपनि उनीहरुबीच पहिले देखि नै मतभेद रहँदै आएको छ।
हिजो शनिबार त उनीहरुको विवाद कतिसम्म पुगेको रहेछ भन्ने छर्लंग भएको छ। शनिबार नगरपालिकाको वडा नम्बर ७ को भवन उत्घाटनको क्रममा मेयर र उपमेयरबीच हात हालाहाल नै भयो। भवन उत्घाटन गरिएको शिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयर प्रेमकुमारी थापाले शिलालेखमाथि ढुंगाले हानेर फुटाउने प्रयास नै गरिन्।
शिलालेखमा ढुंगा हान्न थालेपछि मेयर ममताप्रसास चौधरीले उपमेयर थापाको हात झड्र्कारेर हटाइदिए। मेयर चौधरीले मर्यादाको पनि हद हुने भन्दै उपमेयरलाइर्ए बस्न आग्रह गरे पनि उपमेयर अपमान भएको भन्दै मुर्दावाद्को नारा लगाउँछिन्। विवादमा आएका मेयर प्रधानमन्त्री केपी ओली निकटका हुन् भने उपमेयर नेकपाकै वरिष्ठ नेता माधव नेपाल निकटकी हुन्। वडा नम्बर ७ का वडा सदस्य देव चरण चौधरीका अनुसार शिलालेखको विषयलाई लिएर मेयर उपमेयरबीच हातहालाहालको अवस्था सिर्जना भएपनि उद्घाटन कार्यक्रम सम्पन्न भइसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।