काठमाडौं– यसपटकको अष्टमीमा पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न शक्ति पीठमा जाने कार्यक्रम स्थगन भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले कोरोना भाइरसको माहामारीलाई मध्यनगर यो दशैँलाई शान्त, शालीनता र सादगी रुपमा मनाउन आह्वान गरेका हुन् ।
पूर्वराजाले एक सूचना जारी गर्दै महाअष्टमीका दिन विभिन्न शक्ति पीठमा जाने कार्यक्रम स्थगन गरेको जनाएका हुन् ।
त्यस्तै उनले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि स्थगन गरेको उल्लेख गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।