काठमाडौं- सोल्टी होटलको आफ्नो १० प्रतिशत शेयर बेचेर हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड आधिकारीक रुपमा बाहिरिएको छ।
पूर्व राजा ज्ञानेन्द्र शाहको टिमको लगानी रहेको सोल्टी इन्टरप्राइजेज ले उक्त कम्पनीको १० प्रतिशत सेयर साढे ७२ करोड रुपैयाँमा किनेको हो ।
सोल्टीको उक्त सेयर ब्रोकर नम्बर ३४ को ब्रोकर भिजन सेक्युरिटीज मार्फत बिक्री गरिएको हो।
आज आइतबार मात्रै ४७ करोड रुपैयाँको कारोबार उक्त ब्रोकर कम्पनी मार्फत भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।