सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विश्व हिन्दु युवा संघका अध्यक्ष शाहको दशैं विशेष सात दिने कार्यक्रम सार्वजनीक

विश्व हिन्दु युवा संघका अध्यक्ष शाहको दशैं विशेष सात दिने कार्यक्रम सार्वजनीक

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 8.9K
    SHARES

  • विश्व हिन्दु युवा संघका अध्यक्ष शाहको दशैं विशेष सात दिने कार्यक्रम सार्वजनीक

    काठमाडौं- विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले दशैं विशेष एक हप्ते शुभकामना आदानप्रदान कार्यक्रम सार्वजनिक गरेका छन् ।

    अध्यक्ष शाह बुधबारदेखि एक साता विभिन्न जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने भएका हुन्। 

    विश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले एउटा वक्तव्य जारी गर्दै अध्यक्ष शाहको कार्यक्रमबारे जानकारी गराएका छन् ।

    प्रवक्ता शाहले जारी गरेको वक्तव्य अनुसार, अध्यक्ष ऋषिकेश जंग शाह असोज २८ गते पोखरामा, २९ गते बुटवलमा, ३० गते धनगढीमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् । 

    यस्तै कार्तिक १ पर्सुराम धाम डडेल्धुरा, २ गते कञ्चनपुर, ३ गते नेपालगन्ज र ४ गते दाङको श्रीगाउँमा हुने दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रम सहभागी हुने छन् ।

    प्रवक्ता शाहले एक साता लामो कार्यक्रममा शुभकामना आदानप्रदान सँगै नेपाललाई हिन्दु राष्ट्रमा फर्काउन जनतालाई जागरुक बनाउने अभियान सञ्चालन गरिने बताएका छन् ।

     

    world hindu.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २८ २०७७०२:००:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend