सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विश्व हिन्दु युवा संघले पशुपतीमा गर्यो वृक्षरोपण

विश्व हिन्दु युवा संघले पशुपतीमा गर्यो वृक्षरोपण

  • मिडिया डबली
  • बुधवार, श्रावण २८ २०७७

  • 5.6K
    SHARES

  • विश्व हिन्दु युवा संघले  पशुपतीमा गर्यो वृक्षरोपण

    काठमाडौं साउन २८ -  विश्व हिन्दु युवा संघले आज अन्तरास्ट्रिय युवा दिवसको अवसरमा पशुपती क्षेत्र भित्र रहेको मृगस्थलिमा आज नेपाली कांग्रेसका नेता पुर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा वृक्षरोपण गरेको छ।

    उक्त वृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेसका बिश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी,बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाह, कांग्रेस नेता बिष्णु धिताल लगायतले आफ्नो धारना राख्नु भएको थियो।

    उक्त कार्यक्रम आफ्नो धारना राख्दै कांग्रेस नेता एनपी साउदले धर्म भनेको नैतिकताको कडि भएको भन्दै यदि संसारमा धर्मा नभएको भए नैतिकतानै नहुने बताउनु भएको थियो, कांग्रेस नेता साउदले धर्मले जीवन शान्ति सुख र सदाचारको बाटो डोर्‍याएको पनि बताए।

    यस्तै बिश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न ढिलो गरे भोलि नेपालको आफ्नो अस्तित्व र संस्कृतिनै समाप्त हुने भन्दै तत्काल नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सरकार र राजनैतिक दललाई सुझाव दिएका थिए।

    उक्त कार्यक्रममा विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले आफुले हिन्दु धर्म भित्र रहेको अर्थनीतिले देश विकासमा कायापलट पार्ने भन्दै त्यतातिर सबै राजनैतिक दललाई लाग्न आव्हान गरेका थिए।

    नेपाली कांग्रेसका नेताका रुपले परिचित शाहले आफुले देशलाई मजदुर मात्रै पठाउने देशका रुपमा नचिनाएर देशले आफ्ना मौलिक ज्ञानगुनका कुरापनि बिक्रि गर्नसक्ने बनाउने अभियानमा आफू लागेको स्पष्ट पारेका थिए।

    उनले नेपाल पुर्वीया दर्शनको उद्गम स्थल भएको र यहाँबा अन्य देशका थुप्रै शाशक प्रशासकले ज्ञान लिएर आफ्नो देशमा लागू गरि देशलाई आर्थिक रुपमा समृद्ध बनाएको भन्दै पुर्वीय दर्शनलाई बेलैमा नेपालले नचिनेको कारण देश आर्थिक रुपमा बिपन्न भएको पनि जिकिर गरे।

    विश्व हिन्दु युवा संघले आज मृगस्थलिमा विभिन्न परजातिका ५ सय बिरुवाहरु रोपेको छ।

    117313545_3474019275993452_4931595073888406288_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०७७०८:४४:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend