काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार पीसीआर परीक्षण गराएका गुरुङको सोमबार कोरोना पोजेटिभ देखिएको रिपोर्ट आएको हो।
गुरुङलाई सामान्य ज्वोरो र रुघाखोकी बाहेक अन्य लक्षण नदेखिएको बताइएको छ। उनी अहिले होमक्वारेन्टाइनमा छन्। गुरुङलाई कोरोना पोजेटिभ देखिए पछि उनकी पत्नी यशोदा सुबेदीले पनि पीसीआर परीक्षण गराएकी छन्। उनको भने रिपोर्ट आएको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।