सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अदालतले संसद पुनर्स्थापना नगरे यस्तो तयारीमा प्रचण्ड पक्ष, देव गुरुङले गरे खुलासा

अदालतले संसद पुनर्स्थापना नगरे यस्तो तयारीमा प्रचण्ड पक्ष, देव गुरुङले गरे खुलासा

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 49.9K
    SHARES

  • अदालतले संसद पुनर्स्थापना नगरे यस्तो तयारीमा प्रचण्ड पक्ष, देव गुरुङले गरे खुलासा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वाेच्च अदालतमा परेको मुद्दा विचाराधीन छ ।

    सर्वाेच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहे पनि पक्षविपक्षमा बहस भइरहेको छ । कतिपयले अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी नै अभिव्यक्ति दिन थालेकोमा समेत चिन्ता व्यक्त हुने गरेको छ ।

    यसै बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य देव गुरुङले विघटित प्रतिनिधि सभालाई अदालतले पुनर्स्थापना नगरे आन्दोलनबाट पुनर्स्थापना गर्ने तयारी रहेको बताएका छन् ।

    शुक्रवार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले २०५९ सालमा राजा ज्ञानेन्द्रले विघटन गरेको संसद आन्दोलनको बल र राजनीतिक सहमतिमा २०६३ सालमा सञ्चालन भएजस्तै अहिले पनि सञ्चालन गर्न सकिने बताएका छन् ।

    सर्वोच्च अदालतले विघटनलाई बदर गरेमा स्वतः सञ्चालन हुने र नभए आन्दोलनको बलमा पुनर्स्थापना हुने नेता गुरुङले बताएका छन् ।
     
    सर्वोच्चबाट विघटन बदर नभए हालको आन्दोलन जनविद्रोहमा परिणत हुनसक्ने गुरुङले बताएका छन् । ‘प्रधानमन्त्री र राष्ट्रपतिले निर्णय गर्दैमा प्रतिनिधिसभा विघटन हुन सक्दैन,’ उनले भने, ‘यो कदमको विरोधमा सबैजसो दल, नागरिक, समाज र मिडिया उभिएका छन् । त्यसैले सर्वोच्चले संविधान अनुसार पुनर्स्थापना गर्छ भन्ने विश्वास छ, नभए आन्दोलनले गर्छ ।’

    प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव संविधान विपरीत भएकाले चुनाव नहुने नेता गुरुङले ठोकुवा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend