काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।
बैठकले ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय समेत गरेको छ ।
सिंहदरबारमा आज मंगलवार बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले नै उल्टाइदिएको अवस्थामा प्रधानमन्त्री पदमा रहन नमिल्ने ठहर गरेको सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले बताए ।
सांसद पुनले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर निर्णय नभएको बताए । नेता पुनले माओवादीका ६ जना सांसदहरू अर्को दलमा गएको भन्ने विषयमा आफ्नो धारणा पेश गर्न पनि पत्राचार गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय समेत गरेको बताए । यसअघि नेकपा हुँदा समेत मुख्य सचेतक रहेका गुरुङलाई हटाएर दलका नेता केपी शर्मा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेका थिए । नेकपा माओवादी केन्द्र ब्युतिएपछि गुुरुङ फेरि मुख्य सचेतक बनेका छन् ।
बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई जानकारी गराएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।