आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारभित्र माधव नेपाल बटारिँदा उमेश श्रेष्ठको राज्यमन्त्री पद चैट् !

बालुवाटारभित्र माधव नेपाल बटारिँदा उमेश श्रेष्ठको राज्यमन्त्री पद चैट् !

  • मिडिया डबली
  • बिहिवार, आश्विन २१ २०७८

  • 7.1K
    SHARES

  • बालुवाटारभित्र माधव नेपाल बटारिँदा उमेश श्रेष्ठको राज्यमन्त्री पद चैट् !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालको ठूलो हात छ, त्यही साथलाई लिएर बिहीवार अध्यक्ष नेपाल बालुवाटारभित्र बटारिएका छन् ।

    नयाँ मन्त्री नियुक्तिको विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ गठबन्धनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रभावशाली मन्त्रालय दिनुपर्ने अडान राखे । जसले गर्दा प्रधानमन्त्री देउवाले कांग्रेसको भागको स्वास्थ्य तथा जनसंख्या एकीकृत समाजवादीलाई दिएका छन् ।

    स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पद चैट् भएको छ ।

    प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठलाई साउन १० गते स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसभित्र श्रेष्ठलाई क्याबिनेट मन्त्री नै बनाइने चर्चा चलिरहेका बेला उनले राज्यमन्त्री गुमाउनुपरेको छ ।

    पार्टीभित्र भागबण्डा मिलाउन सकेमा देउवाले श्रेष्ठलाई अन्य कुनै मन्त्रालयमा मन्त्री नै पनि बनाउन सक्छन् तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निहुँ खोजिरहेका बेला सबैलाई मिलाएर श्रेष्ठलाई पुनः मन्त्री बनाउन गाह्रो पर्ने स्रोतले विश्लेषण गरेको छ ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज बिहीवारको बैठकबाट मन्त्रालय बाँडफाँडको विषय टुंग्याएर भोलि शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend