आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फेरि सुरु भयो लकडाउन प्रकृया, आजबाट यहाँ अत्यावश्यक बाहेकका सेवा बन्द

फेरि सुरु भयो लकडाउन प्रकृया, आजबाट यहाँ अत्यावश्यक बाहेकका सेवा बन्द

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 6.8K
    SHARES

  • फेरि सुरु भयो लकडाउन प्रकृया, आजबाट यहाँ अत्यावश्यक बाहेकका सेवा बन्द
    फाइल तस्वीर

    काभ्रेपलाञ्चोक- कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि काभ्रेपलाञ्चोक जिल्लाका दुई सरकारी कार्यालय र दुई स्थानीय तहका सेवा बन्द गरिएका छन् । 

    जिल्ला स्वास्थ्य, मालपोत कार्यालय तथा मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् । 

     मालपोत कार्यालय धुलिखेलले  आज  सार्वजानिक सूचना जारी गर्दै यही असोज ३० गतेसम्मका लागि नियमित सेवा स्थगित भएको जनाएको छ । 

    स्वास्थ्य कार्यालयले पनि कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना पुष्टि भएको जनाउँदै आजबाट अर्को सूचना जारी नभएसम्मको लागि आन्तरिक काम मात्रै सञ्चालन हुने कार्यालयका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले जानकारी दिए । 

    त्यसैगरी मण्डनदेउपुर नगरपालिकाले पनि विहीबार सूचना जारी गरी नगरपालिका भित्रका विभिन्न वडामा कोरोना  पुष्टि भएकाले नगरपालिकाको कार्यालय सहित सबै वडा कार्यालय, विद्यालय तथा सम्पूर्ण कार्यालय एवम् गैह्र सरकारी संघ÷संस्थाहरुबाट हुने काम समेत बन्द भएको जनाएको छ । 

    नगरपालिकाले नगरभित्र हुने कुनैपनि तालिम, भेला, जमघटमा समेत रोक लगाउनुका साथै बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्री बाहेकका होटल, पसल तथा व्यवसाय समेत बन्द गराएको छ ।

    जिल्लाको रोशी गाउँपालिकाले पनि  गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि गत आइतबारदेखि अनिश्चित कालका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ  । 

    कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना पुष्टि भएकाले सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा र विद्युतीय माध्यमबाट हुन सक्ने सेवा भने सञ्चालन हुने जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend