काठमाडाैं - लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा कोरोना पाजेटीभ देखिएको प्रदेश सभा सचिवालयले पुष्टि गरेको छ ।
बिहीबारदेखि ज्वरो आएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान द्रुत स्वाब परीक्षणमार्फत उनको पिसिआर परिक्षण गरिएको थियो । कोरोना पुष्टि भएपछि उनि अहिले निवासमा होम आइसोलेसनमा बसेका छन् ।
स्वास्थ्यमा थप समस्या देखिएमात्रै अस्पताल जाने बताइएको छ । यसअघि आज बिहानै गरेको कोरोना परिक्षणमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।