दक्षिण कोरिया सरकारले गर्भपतनसम्बन्धी कानुन ल्याइने भएको समाचारको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका छन् ।
दक्षिण कोरियाको कानुन मन्त्रालयले बुधबार यहाँको सरकारले गर्भपतनलाई मान्यता दिने कानुनलाई संसदमा पेश गर्न लागेको जानकारी दिएको थियो ।
यहाँको सरकारले दक्षिण कोरियाका महिलालाई बढीमा १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा गरिएको बताएको थियो ।
अब यो कानुन आएपछि यहाँका महिलाले आफैले इच्छा गरे बमोजिम नै गर्भपतन गराउन पाउने छन् ।यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन ।
गर्भवती महिलामा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा मात्र महिलाले गर्भपतन गराउन पाउँथे ।
तर महिला अधिकारवादीहरुले महिलाको इच्छाबमोजिम गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग गर्दै आएका र सरकारले यो कानुन ल्याउने भएपछि त्यसको स्वागत गरेका हुन् ।
यहाँको अदालतले महिलाले गर्भपतन गराउन पाउनेगरी कानुन बनाउन भनेको थियो । यो कानुन बन्ने भएपछि यहाँका महिला अधिकारवादीहरुले यस कानुनको स्वागत गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।