चीनसँग सीमा विवाद चलिरहेका बेला भारतले परीक्षणको चरणमा रहेर एक क्षेप्यास्त्र हानेको छ । शनिबार सौर्य मिसाइल नामको क्षेप्यास्त्र भारतले ओडिसाको तटबाट हान्दै सफल परीक्षण भएको बताइएको छ ।
८ सय किलोमिटरको दुरी पार गर्दै मार हान्न सक्ने यो नयाँ क्षेप्यास्त्र पहिलेभन्दा हलुंगो र प्रयोग गर्न सजिलो रहेको छ । लक्ष्यमा पुग्न अगाडि यो क्षेप्यास्त्र सुपरसोनिक स्पिड अर्थात् ध्वनीभन्दा तिव्र गतिमा उड्छ।
चीनसँग सीमा विवादबारे छलफल चलेकै समयमा गतहप्ता मात्र भारतले अन्य क्षेप्यास्त्रहरु एवं माइनस ४० डिग्री सेल्सियसमा प्रयोग गर्न सकिने ट्यांक हतियार सार्वजनिक गरेको छ ।
भारतले यसरी एकपछि अर्काे हतियरा बढाउँदै जाँदा चिनियाँतर्फबाट कुनै किसिमको प्रतिकृया आउँन सक्ने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।