शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

वामदेवलाई सुटुक्क मन्त्रालय छिराइदै, रिटमाथि सुनवाईको निर्णय भयो यस्तो

वामदेवलाई सुटुक्क मन्त्रालय छिराइदै, रिटमाथि सुनवाईको निर्णय भयो यस्तो

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 5.1K
    SHARES

  • वामदेवलाई सुटुक्क मन्त्रालय छिराइदै, रिटमाथि सुनवाईको निर्णय भयो यस्तो

    काठमाडौं- राष्ट्रियसभा सदस्यमा सिफारिस भएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतममाथि परेको रिटको सुनुवाई बुधबार हुने भएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले  गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

    असोज ७ गते रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको सां‌सद पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

    त्यस्तै गत बुधबारदेखि रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की,  विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको छ ।

    शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको बताइएको छ ।

    यसबीच कतिपयँले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई मन्त्रिमण्डलभित्र घुसाउन सक्ने आशंका गरेका छन् ।

    यसअघि बुधबार वामदेवलाई मन्त्री बन्न केही कुराले नछेक्ने सरकारको पक्षको तर्क रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७१०:११:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend