काठमाडौं- चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले ग्लोबल टाइम्ससँग दिएको अन्तर्वार्ताले अहिले नेपालमा मात्रै हैन् कुटनीतिक तवरले जताततै आलोचना खेपेको छ ।
यसबीच नेपाली कांग्रेसका युवा नेता गगन थापाले समेत चीनका लागि नेपाली राजदुतले ग्लोबल टाईम्समा दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरित भएको बताएका छन् ।
नेता थापाले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई उदृत गर्दै राजदुतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो ? होईन भनेर स्पष्ट पार्न ध्यानाकर्षण समेत गराएका छन् ।
सोमबार चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्समा अन्तर्वार्ता दिने क्रममा उनले भारतीय सञ्चारमाध्यमले नेपाल(चीन सम्बन्धमा दरार पैदा गर्दा झुटा समाचार सम्प्रेषण गरेको प्रतिक्रिया दिएका थिए।
यसरी तेस्रो देशको विषयमा कुटनीतिक मर्यादा विपरित राजदुत पाण्डेले दिएको अन्तर्वाताले उनलाई ठूलो संकटमा पुर्याएको छ । एक देशमा बसेर एक देशको राजदुतले अर्काेदेशको विरुद्ध बोल्नु कुटनीतिक मर्यादाका विपरित भएको जानकारहरु बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।