आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अर्काे लकडाउनको हल्लाकाबेला आयो उल्टो निर्णय, सबै क्षेत्र खुल्दै

अर्काे लकडाउनको हल्लाकाबेला आयो उल्टो निर्णय, सबै क्षेत्र खुल्दै

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 26.9K
    SHARES

  • अर्काे लकडाउनको हल्लाकाबेला आयो उल्टो निर्णय, सबै क्षेत्र खुल्दै

    काठमाडाैं- निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा निर्णय हुने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले  सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि खुला गर्ने विषयमा निर्णय गर्ने भएको हो ।

    मंगलबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।शैक्षिक संस्था, मनोरञ्जनात्मक क्षेत्र, खेलकुदलगायत बढी भिडभाड हुने क्षेत्र अहिले पनि सञ्चालन हुन सकेका छैनन्। 

    बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने, ‘खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि तयार गरेर लिएर आउने र फेरि त्यसमा पुनः छलफल गरेर निर्णयमा पुग्ने भन्ने निर्णय भएको छ।’

    बैठकले तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा उद्धार कार्यलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend