आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फेरि लकडाउन हुने संकेत देखियो , आजबाट उपत्यकामा यस्तो कडाई सुरू

फेरि लकडाउन हुने संकेत देखियो , आजबाट उपत्यकामा यस्तो कडाई सुरू

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 5.2K
    SHARES

  • फेरि लकडाउन हुने संकेत देखियो , आजबाट उपत्यकामा यस्तो कडाई सुरू
    फाइल तस्वीर

    काठमाडौं- कोरोना भाइरसको संक्रमण काठमडौं उपत्यकामा बढ्दै गएसँगै सवारी साधन चेकजाँचमा कडाइ गरिएको छ । भदौ २५ बाट लागू भएको सवारी सञ्चालनमा जोविजोरको प्रणालीमा थप कडाइ गरिएको हो ।

    सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन  काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेकजाँच सुरु गरेको हो ।

    नियमाअनुासर जोर बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ट्राफिक कारबाहीमा ८०० भन्दा बढी सवारी परेका छन् ।

    करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ । 

    केहि दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्नुपर्ने निर्णय सिफारिस गरेको थियो । काठमाडौंलगायत देशभर सक्रिय संक्रमितको संख्या बढ्दै गएसँगै कडाइ हुन सुरु भएको हो ।

    योसँगै सर्वसाधरणमा फेरि लकडाउन हुने संकेत देखिएको आशंका सुरु भएको छ । यद्यपी फेरि लकडाउन हुन्छ या हुन्न भन्ने विषयमा कुनै टुंगो भने लाग्न सकेको छैन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend