आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
नेकपा बिबाद

पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै शंकर पोखरेलको प्रचण्डसामु रोइकराइ

पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै शंकर पोखरेलको प्रचण्डसामु रोइकराइ

  • मिडिया डबली
  • शनिवार, कार्तिक २९ २०७७

  • 5.4K
    SHARES

  • पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै शंकर पोखरेलको प्रचण्डसामु रोइकराइ

    काठमाडौं -  सत्तारुढ नेकपामा दुई अध्यक्षले एकअर्कालाई लेखेको पत्रलाई अहिले नेपाली राजनीतिमा ‘लेटर बम’ को संज्ञा दिइएको छ ।

    केपी ओलीले प्रचण्ड र प्रचण्डले ओलीलाई लेखेको पत्रले नेकपा विभाजनको डिलमै पुगेको महसुस सबैले गर्न थालेका छन् । सुरुमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई लेखेको पत्रमा उनीमाथि गम्भीर आरोप मात्र लगाइएन, आफू एक नम्बरको अध्यक्ष भएको र आफूले भनेको सबै प्रचण्ड खुरुखुरु मान्नुपर्ने तर्र्क गरिएको थियो ।

    त्यसपछि प्रचण्डले पनि १० पृष्ठको पत्र लेख्दै ओलीमाथि संगीन आरोप लगाएका छन् । जसको अहिले व्यापक चर्चा भइरहेको छ । शुक्रबारदेखि नेकपा विभाद झन् जटिल मोडमा पुगेको छ ।

    पार्टी अब विभाजनको अवस्थामा पुगेको ठहर गर्दै ओलीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्डसँग अनुनयविनयमा लागेका छन् ।

    उनले शनिबार बिहान सामाजिक सञ्जालमा त्यसको संकेत गर्दै एकल प्रस्ताव फिर्ता लिन प्रचण्डलाई हारगुहार गर्दै मिलेर जान अनुरोध गरेका छन् । सिंगो पार्टी पंक्तिले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति गरिरहेका बेला प्रचण्डको सचिवालय बैठकमा प्रस्तुत एकल प्रस्तावले स्थिति झन् ब्रिगेको उनले लेखेका छन् ।

    पोखरेल लेख्छन्, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend