आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दशैँ-तिहारमा फेरि लकडाउन ?

दशैँ-तिहारमा फेरि लकडाउन ?

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 38.0K
    SHARES

  • दशैँ-तिहारमा फेरि लकडाउन ?
    फाइल तस्वीर

    काठमाडौँ- दशैँ, तिहार तथा छठ मुखमा फेरि लकडाउन हुनसक्ने सम्भावना बढेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न नसक्ने भन्दै लकडाउन गर्नुपर्ने निश्कर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेको छ ।

    तीन दिनअघि गरेको नियमित प्रेस ब्रीफिङमा स्वास्थ्यमन्त्रालयले यस्तो प्रस्ताव अघि सारेसँगै सर्वसाधरणमा फेरि लकडाउन हुनसक्ने आशंका बढेको छ । यसबीच स्वास्थयमन्त्रालयका प्रवक्ता सहप्रवक्ता डा. समिरकुमार अधिकारीले “धेरैको चासो यतिखेर दशैँ-तिहारमा फेरि लकडाउन गरिन्छ कि भन्नेमा छ। तर त्यसको जबाफ त्यही २५ हजारको सीमासँग जोडिने” बताएका छन् ।

    यसअघि लगाइएको लकडाउन र निषेधाज्ञा हटाइएपछि केही जिल्लामा सङ्क्रमणको दर नरोकिएको तथ्याङ्कले देखाउँछ। सङ्क्रमणबाट निको दर पनि केही सातायता ७० प्रतिशतभन्दा माथि कायम छ।

    शुक्रवार नेपालमा सङ्कक्रमितको कुल सङ्ख्या ७० हजार नाघेको थियो। रोगमुक्तहुने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८ सय पुग्दा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार नाघेको थियो।

    भदौ २४ गतेदेखि दैनिक १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। पछिल्लो समय लगातार संक्रमित संख्या बढ्दै जादाँ सहप्रवक्ता अधिकारी भन्छन्, “मानिसहरूको आउजाउ निकै बढेको छ। तर उनीहरूले १४ दिन क्वारन्टीनमा बस्ने मापदण्ड पालना गरेका छैनन्। अबको समस्याको जड त्यो हुने देखिन्छ।”

    यसबाहेक स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत साता दैनिक सङ्क्रमितको सङ्ख्याले समेत २ हजार नाघिसकेकोले त्यस्ता अवस्थामा २५ हजार सङ्क्रमित पुग्न एक साता नै काफी हुने बताएका छन् ।
    यद्यपी अबका केही दिनसम्ममा सक्रिय संक्रमितको संख्याले पुन लकडाउन हुने छ याँ हुँदैन भन्ने कुराको निर्धाण गर्ने स्वास्थ्यमन्त्रालयका अनधिकारीहरुको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend