काठमाडौं - केही दिनयता लगातार परिरहेको वर्षा अझै केही दिन लम्बिने भएको छ। आज पनि अति नै भारी वर्षा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको र सो क्षेत्र उत्तर पूर्व सर्दै गइरहेकोले पानी परिरहेको छ।
देशभर सामान्यदेखि पूर्ण बदली भइ हल्का देखि भारी वर्षा हुने सम्भावना आज पनि छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केही स्थानमा अति नै भारी वर्षा भइरहेको मौसम विभागले जनाएको छ।
त्यस्तै आज दिनभर देशको मौसम बदली हुनेछ। केही स्थनमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सात वटै प्रदेशका अधिकाश स्थानमा आज पानी पर्नेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशम भारी वर्षा हुनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।