काठमाडौं - नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शन भएकाे छ। साथै १० महिनादेखि नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको भन्दै काठमाडौँस्थित नेपालका लागि चिनियाँ दूतावास अगाडि धर्ना दिन पुगेको एक समूह पुगेकाे हाे।
उक्त समुहलाइ प्रहरीले तितरबितर समेत पारि सकेकाे छ। बुधबार बिहान दूतावासमा धर्ना दिने पुगेको समूहले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी गरेका थिए ।सहभागीहरूले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द नारा लगाएका हुन्।
सहभागीहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, बुद्दिष्ट र मुस्लिममाथि अत्याचार बन्द गर भन्दै चीनविरूद्द नारा लगाएका छन्। ‘सचेत नेपाली’ नामकको ब्यानरसहित धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले धर्ना दिन नपाउँदै हटाएको थियो ।
हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे।नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्याएको छन्।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेकाे छ। उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए।
‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन।’ उनले भनेका छन् । हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ। जो हालसम्म पत्ता लगाउन सकिएको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।