रुसका विपक्षी नेता एलेक्सी नभाल्नी जर्मनीको अस्पतालबाट डिस्चार्ज भएका छन्। नभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज गरिएको हो।
नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन मिसाएर खुवाइएपछि बेहोस अवस्थामा जर्मनीको च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालले नाभाल्नीको उपचारमा संलग्न फिजिसियनले स्वास्थ्य अवस्था पूर्णरुपमा सुधार भएको जनाएको छ। तर चिकित्सकहरुले विषको दिर्घकालीन असरका बारेमा अहिल्यै बताउन कठिन रहेको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ४२ वर्षीय नभाल्नीलाई रुसको आन्तरिक उडानका क्रममा गत अगष्ट २० मा अचेत भएपछि दुई दिनपछि थप उपचारका लागि जर्मनी ल्याइएको थियो।
जर्मनीका रासायनिक हतियार विज्ञहरुले नभाल्नीलाई सोभियतकालीन रासायनिक विषाक्त नोभिचोक खुवाएको दाबी गरेका छन्।
रसियाले नाभाल्नीमाथि रासायनिक तत्व नोभिचोक खुवाइएको बारेमा विस्तृत विवरण रसियालाई उपलब्ध गराउन जर्मनीसमक्ष आग्रह गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।