बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

 भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

 भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

  • एजेन्सी
  • मंगलवार, आश्विन ६ २०७७

  • 5.4K
    SHARES

  •  भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

    नयाँ दिल्ली - भारतले माल्दिभ्सको कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी २४० मिलियन डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

    हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका लागि प्रख्यात माल्दिभ्समा कोरोना महामारीका कारण विदेशी पर्यटकहरूको आवागमन पूर्णतया बन्द भएपछि यहाँको अर्थतन्त्रमाआएको सङ्कटबाट छिमेकी मुलुकलाई उकास्न भारत सरकारले उक्त सहयोगको घोषणा गरेको बताइएको छ ।

    माल्दिभ्समा जुलाईको मध्यदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गरिएपनि विदेशी पर्यटकहरूको ठूलो सङ्ख्या यहाँ फर्कन सकेका छैनन् ।

    माल्दिभ्सस्थित भारतीय उच्च आयोगले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ‘कठिन आर्थिक अवस्थालाई पार गर्न आर्थिक सहयोग’ को अनुरोध गरेपछि यो ऋण सहयोग उपलब्ध गराइएको हो ।

    “माल्दिभ्स आफ्नै प्राथमिकता अनुरुप घरेलु आर्थिक स्थिति सुधार गर्न यो रकम प्रयोग गर्न स्वतन्त्र रहनेछ,” भारतीय उच्च आयोगले आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

    स्टेट बैंक अफ इण्डिया (एसबीआई) मा माल्दिभ्स सरकारले जारी गरेको ट्रेजरी बन्डको बिक्रीले उक्त रकम जम्मा गरिनेछ जसको चुक्ता गर्न १० वर्षको अवधि दिइनेछ । एक हजार १९२ टापुहरूकोे मुलुकमा पूर्व पश्चिममार्गमा पुल तथा कजवे (पानीमाथि निर्माण गरिने सडक) निर्माण गर्न अगस्टमा नयाँ दिल्लीले ४० करोड डलरको सहयोग गरेको थियो ।

    पूर्व राष्ट्रपति अब्दुल्ला यामीनको शासनकालमा मालदिभ्सले बेइजिङबाट महत्वपूर्ण पूर्वाधार निर्माणका लागि सन् २०१८ एक अर्ब ४० करोड ऋण लिएको सोलीह नेतृत्वको सरकारले बताएको छ ।

    भारतको परराष्ट्र मन्त्रालयका अनुसार सोलीह सत्तामा आएपछि भएको सम्झौता अनुसार मालदिभ्सलाई दुई अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग दिल्लीले दिनेछ ।

    कोरोना भाइरस सङ्क्रमणको महामारीसँग जुझ्नका माल्दिभ्समा अहिले पनि रातको समयमा कर्फ्यू रहेको छ । मालदिभ्समा अहिलेसम्म कोभिड–१९सङ्क्रमितको सङ्ख्या नौ हजार ६०० रहेको छ भने ३३ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

    एसियाली विकास बैंकले गत वर्ष ५.९ प्रतिशतको आर्थिक वृद्धि रहेको माल्दिभ्सको अर्थतन्त्र यो वर्ष २०.५ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको छ ।– एएफपी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend