काठमाडौं- पहिलोचोटि पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकका बेला बालिका खड्का प्रहरी नियन्त्रणमा परेकी छन् ।
नेकपाका नेताहरुलाई भेट्न पाउनुपर्ने भन्दै पेरिसडाँडा छिर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर कोटेश्वरस्थित प्रहरी वृत्तमा राखेको छ ।
पेरिसडाँडामा प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादललगायत नेता सहभागी छन् ।
पार्टीका नेताहरूलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै उनी बैठक स्थलमा छिर्न खोजेको प्रहरीले जनाएको छ । बालिका खड्का तिनै हुन् जसले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी आफू श्रीमती भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
उनले केही दिनअघि मात्र मुद्दा फिर्ता लिएपछि राई तनावमुक्त भएका थिए । विगतमा राईले आफूलाई पटक पटक शोषण गरेको उनको आरोप थियो । उनले मिडियामार्फत सबै धारणा बाहिर ल्याइसकेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।