आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हिन्दु-मुस्लिमबीच आतं क, यो जिल्लामा कर्फ्यु

हिन्दु-मुस्लिमबीच आतं क, यो जिल्लामा कर्फ्यु

  • मिडिया डबली
  • शनिवार, आश्विन ३ २०७७

  • 5.1K
    SHARES

  • हिन्दु-मुस्लिमबीच आतं क,  यो जिल्लामा कर्फ्यु
    फाइल तस्वीर

    सर्लाही- देशका विभिन्न ठाउँमा कोरोना भाइरसको माहामारीका कारण कर्फ्यु हुँदै आएको थियो । तर,  सर्लाहीमा (आज) शनिबार दिउँसो २ बजेदेखि स्थानीय प्रशासनले हिन्दु र मुस्लिम समुदायबीच झडप हुने डरले कर्फ्यु जारी गरेको छ ।

    विश्वकर्माको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार मलंगवा–३, विश्वकर्मा चौकमा दुई समुदायबीच दोहोरो झडप भएको थियो। उक्त झडपमा दुवै पक्षका केही मानिस घाइते भएका थिए। सोही विषयलाई लिएर शनिबार  बिहानैबाट हिन्दु र मुस्लिम समुदायबीच ठाउँ–ठाउँमा जम्मा भएर झगडा गर्ने तयारी भइरहेको थियो ।

    यसै कारण स्थिति नियन्त्रणभन्दा बाहिर जाँदा जिल्ला सदरमुकाम मलङ्गवा आइतवार बिहान ८ बजेसम्मका लागि साबिक मलंगवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

    कर्फ्यु जारी भएसँगै प्रहरीले मलंगवा बजार क्षेत्रमा बजार बन्द गराउँदै हिँडेका छन् भने स्थानीयहरुलाई घरमै बस्न माइकिङ गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend