बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कम्युनिस्ट प्रशासनमा स्कुल नै बिक्री, अख्तियारबाट भयो भण्डाफोर

कम्युनिस्ट प्रशासनमा स्कुल नै बिक्री, अख्तियारबाट भयो भण्डाफोर

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 4.9K
    SHARES

  • कम्युनिस्ट प्रशासनमा स्कुल नै बिक्री, अख्तियारबाट भयो भण्डाफोर

    कञ्चनपुर- कञ्चनपुरमा एक विद्यालय किर्ते कागज बनाएर बिक्री गरिएको कुरा अख्तियारमा पुगेपछि सार्वजनिक भएको छ । शुक्लाफाँटा नगरपालिकामा किर्ते कागज बनाएर खप्तड शिक्षा सदन बिक्री भएको हो ।

    तत्कालीन जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट अनुमति लिएर शुक्लाफाँटा नगरपालिका १० झलारीमा दर्ता भएको यो स्कुल सञ्चालनमा भने आएको थिएन । केही समयअघि विद्यालय स्थानान्तरण दिनका लागि सिफारिस गरिएपछि विवाद बाहिर आएको थियो। 

    त्यसपछि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी परेसँगै शुक्लाफाँटाका शिक्षा प्रमुखलाई कामकाज गर्न रोक लगाएको छ। उनलाई कारबाहीका लागि तालुक मन्त्रालयमा सिफारिस गरिएको छ । 

    विद्यालय प्रकरणमा नगर प्रमुख दिल बहादुर ऐरले गल्ती स्वीकार गर्दै क्षमा मागेका छन्। नगरपालिकाले शिक्षा शाखा प्रमुखलाई कारबाहीका लागि सिफारिस गरेपछि अख्तियारमा उजुरी परेको हो।

    अख्तियारमा परेको उजुरीमा स्कुल बेचबिखन प्रकरणमा संलग्न कर्मचारीमाथि कारबाही माग गरिएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend