एजेन्सी– लेस्टर सिटीले प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी वेस्ट ब्रोमविच आल्बियनलाई ३-० ले पराजित गरेको छ ।
लेस्टरका लाग फरवार्ड जेमी भार्डीले पेनाल्टीमार्फत दुई गोल गरेका थिए । पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा लेस्टरले तीन गोल गरेको थियो ।
लेस्टरका लागि डेब्यु गरिरहेका तिमोथी कास्टानेले सुरुवाती अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा लेस्टरले पेनाल्टी प्राप्त गर्यो । भार्डीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे ।
त्यसको दश मिनेटपछि नै लेस्टरले दोस्रो पेनाल्टी पायो । भार्डीले दोस्रो पेनाल्टीमा पनि गोल गर्न सफल रहे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।