आर्सनलले फुलहममाथि सानदार जित निकाल्दै नयाँ सिजनको प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । लण्डन डर्बीअन्तर्गत क्राभेन कटेजमा भएको खेलमा आर्सनलले फुलहममाथि ३–० को जित निकालेको हो ।
आर्सनलका लागि खेलको आठौँ मिनेटमा अलेक्सान्डर लाकाजेटले गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको दोस्रो हाफमा ग्याब्रियल मागाल्हेसले आर्सनलका लागि दोस्रो गोल गरेका थिए । आर्सनलका लागि खेलको ५७ औँ मिनेटमा विलायनकै पासमा पिएरे एमरिक आउबामेयाङले तेस्रो गोल गरेसँगै आर्सनलले ३ गोलान्तरको जित निकालेको हो ।
यो सिजन लेकाजेटीका लागि फापेको छ । लेकाजेटको पहिलो गोलले उनलाई नयाँ इतिहास दिएको छ । उनी दुईवटा प्रिमियर लिग सिजनमा पहिलो गोल गर्ने एक्लो खेलाडी बनेका छन् ।
यसअघि उनले सन् २०१७–१८ सिजनमा लेस्टर सिटीबिरुद्ध पहिलो गोल गरेका थिए । हालसम्म कुनै पनि खेलाडीले यो उपलब्धी हासिल गर्न सकेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।