आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निषेधाज्ञा हट्यो, अब सार्वजनिक सवारी पनि चल्ने

निषेधाज्ञा हट्यो, अब सार्वजनिक सवारी पनि चल्ने

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 5.0K
    SHARES

  • निषेधाज्ञा हट्यो, अब सार्वजनिक सवारी पनि चल्ने

    पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले अब निषेधाज्ञा अवधि नथप्ने भएको छ । प्रशासन कार्यालयले भदौ २७ गते राति १२ बजेदेखि बढी भीडभाड हुने क्षेत्र बाहेकका ठाउँहरुमा निषेधाज्ञा नलगाउने निर्णय लिएको छ।

    शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठकले बढी भीडभाड हुने बाहेकका ठाउँमा निषेधाज्ञा नलगाउने निर्णय लिएको हो ।

    अब, आवश्यक मापदण्ड अपनाएर सार्वजनिक सवारीलाई पनि सञ्चालनको लागि अनुमति दिइने भएको छ । विद्यालय, कलेज, व्यायाम हल, सभा, समारोह, गोष्ठी लगायतका क्षेत्रमा भने निषेधाज्ञा कायमै राखिएको छ ।

    यद्यपि, सुरक्षा मापदण्डभने पूर्ण रुपमा पालना गर्नुपर्ने छ । लामो समयसम्म थन्किएर बसेका यातायात व्यवसायीले यसअघि नै सरकारको अनुमति नपाए पनि आफ्ना सवारी गुडाएरै छाड्ने प्रतिबद्धता पनि जनाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend