काठमाडौं- उपत्यकामा एक साता खुकुलो हुँदै थपिएको निषेधाज्ञामा गर्न पाइने गतिविधि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सच्याएको छ ।
निषेधाज्ञाअन्तर्गत ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’को बुँदा नम्बर १४ मा अन्यथा लेखिएको भन्दै सच्याएको हो ।
बिहीबार ‘थप स्पष्ट पारिएको सूचना’ जारी गर्दै काठमाडौं प्रशासनले विदेश जाने व्यक्तिहरूलाई आवतजावतमा सहजीकरण गर्न सकिनेछ साथै यसका लागि भिसा सहजीकरण गर्ने निकायहरू (भिसा प्रोसेसिङ सेन्टर) सञ्चालन गर्न पाइनेछ’ हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याइएको जानकारी दिएको हो।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।