काठमाडौं- नेपालमा पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै गएपछि अपराधिका लागि कानुन बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्माओलीले तेजाब (एसिड) पीडितहरूले माग गरेअनुरूप १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।
एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरूसँग बालुवाटारमा छलफल गर्दै विभिन्न किसिमका सजाय हुने गरी कानुन बनाउँन ओलीले निर्देशन दिएका हुन् ।
जसअनुसार, अपराधीको सम्पतत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने भएको छ । त्यस्तै वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा ओलीले गरेका छन् ।
आक्रमण पछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने र सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित समेत गरिने भएको छ । हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले आग्रह गरिएको छ।
नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।